पाेखरा १: वक्तृत्वकलामा कस्केरी तामाङ घेदुङ प्रथम
कास्की | असार २४, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा १ को कार्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तामाङ घेदुङ संघ कस्केरी इकाई समिति प्रथम भएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट आयोजना गरिएको जनजाति भेषभुषा संरक्षण सम्बन्धि वक्तृत्वकला प्रतियोगितामा ७ समुहलाई पछि पार्दै कस्केरी तामाङ घेदुङ समिति प्रथम भएको हो ।
त्यसैगरि उक्त प्रतियोगिताबाट सिमपानी तमु समाज द्धितिय र तान्चोक तमु समाजले तृतिय स्थान हाँसिल गरेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।
उनका अनुसार ६ प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ७ हजर, ५ हजार र ३ हजार प्राप्त गरे । त्यसैगरि प्रतियोगितामा सहभागिता जनाएका सबै टिमलाई सहभागिताको प्रमाणपत्र सहित नगद राशीको समेत प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा कार्यक्रम निर्णायकका रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सुरेन्द्र गुरुङ, कवि कृष्ण बहादुर श्रेष्ठ र नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ रहेका थिए ।
कार्यक्रममा पुरस्कार वितरण पश्चात बोल्दै प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा धनि रहेको बताउदै संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम संयोजक रामध्वज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा गुरुङले गरेकी थिइन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

